मेरो बारेमा

म सूर्यराज आचार्यले भारतवाट सिभिल इन्जिनियरिङमा स्नातक, एआइटी वैङककवाट स्राोत व्यवस्थापनमा स्नातकोतर तथा  जापानको टोकियो विश्वविद्यालयवाट पूर्वधार र क्षेत्रीय विकास मा  विद्यावरिधि गरेको छु । मेरो  विज्ञता  सार्वजनिक नीति तथा पूर्वाधार विकाश हो । मैले लामो समय जापानको इन्स्टियुट अफ ट्रान्सपोर्ट पोलिस स्टडिजमा  सिनियर रिसर्च फेलो र टोकियो  विश्वविद्यालयमा अतिथि प्राध्यपकको रुपमा काम गरेको छु । राजनीतिमा आउनु पूर्वसम्म म ईन्जिनियरिङ अध्ययन संस्थान , पुल्चोकमा  अतिथि प्राध्यपकको रुपमा काम गरिरहेको  थिएँ ।


एउटा प्राविधिक र विज्ञको रुपमा मैले नेपालको पूर्वाधार विकासका महत्वपूर्ण विषयहरुमा राष्ट्रिय  बहसको उठान गरेको छु । पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघ कार्यलयमा समेत काम गरेको अनुभव छ । मुलुकको आर्थिक योजना र पूर्वाधार विकासमा नयाँ नीति, पद्धति र सोंचको विकास विना मुलुकले आर्थिक प्रगतिका े गति समात्न नसक्ने ठहर र्गदै यसको संवोधन राजनीतिक तहवाट आफैले पहल गर्ने दृढ विस्वासका साथ संबृद्धि हाम्र्रै जीवनकालमा भन्ने  नारालाई साकार वनाउन राजनीतिमा प्रवेश गरेको छु ।